Rule 20B
परीक्षाको किसिम
  (१) विभागले ऐनको दफा ४९ बमोजिम चालक अनुमतिपत्रको लागि दरखास्तवालाको परीक्षण गर्दा देहाय बमोजिमको परीक्षा प्रणाली अपनाउनेछः–
(क) लिखित परीक्षा
(ख) प्रयोगात्मक परीक्षा
(ग) अन्य कुनै परीक्षा
(२) उपनियम (१) को खण्ड (क) बमोजिम लिखित परीक्षामा उत्तीर्ण हुने दरखास्तवालाले लिखित परीक्षा उत्तीर्ण भएपछि नब्बे दिनभित्र तीन पटकसम्म प्रयोगात्मक परीक्षा दिन सक्नेछ ।